मुस्लिम धर्म अनुशार इस्लामिक क्यालेन्डरको नवौ महिनाको पूरै एक महिना उपावस ब्रत बसि दसौ महिनाको पहिलो दिनको पहिलो चन्द्रमा देखिने बितिकै खुसिको त्योहारको रुपमा मनाउने धार्मिक पर्बलाई ईद उल फित्र वा फितर भन्दछन् । मुसलिम समुदायिमाहरुमा शत्रुतालाई बिर्सेर, मित्रता र भाईचारालाई बढवा दिनेर सुखि शान्ति र समृद्घधिको निमित शुभ कामना साट साट गर्ने पबित्र पाखः पर्ब रुपमा मनाई पर्ब हो ।
रोजाको समाम्तिको खुसिको साथ पुरै एक महिना उपवास बस्न शक्ति प्रदान गरे अनुुुुुसर मुस्लिमहरु आफना अल्लाहलाई सर्वप्रथम शुक्रिया,धन्यावाद प्रकट गरीकान मनाउँछन् । बिभिन प्रकारको मीष्ठन परिकाहरु बनाई खाने र खुवाउने साथै नयाँ नयाँ लुगा लगाई आफनो परिवार र साथिभाईहरुलाई उपहार एव शुभ कामन आदन प्रदन गर्ने गर्दछ । यसदिन बिहान ईद उल फित्रको नमाज प्रर्थना गर्नु भन्दा पहिला मुस्लिमहरुले दीन दुःखी र गरिबहरुलाई दान दक्षिण दिनु जरुरी हुन्छ , जसलाई जकातऊल फित्र भनिन्छ । यस पबित्र पर्बको अवसरमा कुरान पाठ एव अल्लाहको इवादत गर्नु झुटो नबोल्ने र आफन्तहरुलाई बोलाई मिठो सेवाई खुवाउने, आफन्त काहाँ जाने र गरिबहरुलाई सहयोग गरि ईद उल फित्र ३ दिन सम्म मनाईछन् ।
यस समुदायिमा धेरै आर्थिक आर्य हुने मुस्लिमहरुले यस दिन आफनो पुरा आर्य को २ प्रतिशत आम्दानिको बिपन्न, असाहय र गरिब बर्गका मुस्लिमहरुलाई दान, सहयोग गर्ने चलन छ । हाम्रो देश नेपालमा विविध धार्मिक, भाषिक एव सास्कृतिक भिन्नताको बाबजुत ईद उद फित्र जस्ता चाड पर्वले सम्पुर्ण नेपालीहरुलाई एक आपसी मेलमिलाप एकता र सहयोगको सदेश अथवा प्रेरणा दिईरहछन् ।