आर्थिक रूपमा अत्यन्त विपन्न परिवारका व्यक्तिको निःशुल्क उपचार गर्ने उद्देश्यले सन् १९८३ मा स्थापित अलोहा मेडिकल मिसनले अहिलेसम्म विश्वका १६ देशका दुई लाख ७२ हजार व्यक्तिलाई सेवा पुऱ्याइसकेको छ ।
अलोहा मेडिकल मिसनका डा डेन सुडानको नेतृत्वमा सात जना लगायत एकजना नेपाली दन्तरोग विशेषज्ञ महेश्वर ताजपुरियासहितआठजनाको स्वास्थ्य टोलीले शिविरमा सेवा पुऱ्याएको थियो । शिविरमा दन्तरोग उपचारमा प्रयोग हुने विशेष प्रकारको फोल्डिङ गर्न मिल्ने ‘डेन्टल चियर’ डा। डेनले आफ्नै खर्चमा अमेरिकाबाटै लिएर आएका थिए । शिविर सम्पन्नपछि उक्त ‘डेन्टल चियर’ डा। डेनले थटफुल मिसनलाई हस्तान्तरण गरेका थिए
थटफुल मिसनकी अध्यक्ष गंगा लिम्बूको मुख्य संयोजन, सीता रुपाखेतीको टिम संयोजन र ज्योति रावल केसीको शिविर सञ्चालनका लागि मुख्य भूमिका रहेको थियो । साथमा स्थानीय भोलेन्टर ओहदिन सेवामा लागेको थियो । शिविरमा सेवाग्राहीलाई उपचारपछि औषधि, ब्रस, पेस्टका साथै बालबालिकालाई खेलौना पनि निःशुल्क वितरण गरिएको थियो ।