प्रत्यक्ष रुपमा बिभिन वर्ग मजदुर लगाएत अपाङ्ग तथा बहिरा सस्था वा ब्यक्तिहरुलाई पर्न गएको असरलाई मध्य नजर गर्दै साउण्ड अफ हिमालयन ताइवानलले ललितपुरको मानभवन स्थित वहिरा महिला श्रृजनशिल हातहरु नामक संस्थालाई विभिन्न राहत सामाग्री वितरण कार्यक्रम सम्पन गरीरएको छ ।
कोभिड १९ र देशमा वढ्ढै गएको लकडाउनको कारण समस्यामा परेकाहरुलाई राहत सामाग्री वितरण गरेको साउण्ड अफ हिमालयन संस्थाका अध्यक्ष तथा समाजसेवी कर्मा धिङ्गभुले जानकारी दिनुभयो ।
यस संस्थाले संस्थामा आश्रित बहिरा महिलाहरुलाई बिभिन्न जिवनउपयोगि तालिम संगसंगै सांकेतिक भाषा, मानव अधिकार सम्वन्धि हक अधिकारको विभिन्न तालिम दिन्दै आइरहेको संस्थाका अध्यक्ष कल्पना वज्राचार्यले वताउनुभयो । उहाँका अनुसार संस्थाले बहिरा महिलाहरुका लागि सिलाई वुनाई, लस्सी , अचार, पापड, हाण्डी क्रा󠅛फ्ट, तथा वेकरी सम्वन्धि विभिन्न तालिम प्रदान गर्दै आईरहेको र तालिम १६ वर्ष भन्दा माथिका महिलाहरुको लागि प्राथमितामा राखेको बताउनुभयो । बहिरा महिलाहरुको लागि सामाजिक, व्यवहारीक रुपमा विभिन्न चुनौटि रहेको संस्थामा आश्रित महिलाहरुले बताउनुभयो ।
बहिरा महिला श्रृजनशिल नामक संस्था विगत लामो समय देखि बहिरा महिलाहरुको लागि काम गर्दै आएको संस्था हो । यस संस्थामा करिव १५ जना बहिरा महिलाहरु हरेक बर्ष तालिम दिंदै आएको छ ।
नेपाल ताइवान एसोसिएशनको तर्फबाट नेपालका लागि संयोजक समेत रहेका सुवोध प्रधान,र समाजसेवी केदारमान सिङ लगाएत अन्य सहकर्मी अभियन्ताहरू किशोर राणा, प्रवीन श्रेष्ठ, निर्मल श्रेष्ठ, दिपक राजोपाध्याय लगायत राहत वितरण कार्यक्रममा सहयोग गर्दै आउनु भएको छ ।