ज्ञानको आयोजनामा काठमाडौंको कलंकीमा बृहत रक्तदान कार्यक्रमको सम्पन्न

0

               विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड १९ का कारण देश भर नै रक्तदान कार्यक्रम प्रभावित भएको छ । सोहि अवस्थामा अस्पतालहरुमा रगतको चरम अभाव हुन हुनथाले पछि काठमाण्डौँमा रहेको ज्ञानोदय पूर्व बिधार्थी समाज ( ज्ञान )  को          आयोजनामा काठमाडौंको कलंकीमा बृहत रक्तदान कार्यक्रमको सम्पन्न गरेको छ । समाजले प्रत्येक बर्ष रक्तदान गर्दै आइरहेको छ ।This image has an empty alt attribute; its file name is Prabin-Shrestha-2153.jpg
               गुरु पूर्णिमाको पूर्व सन्ध्यामा कलंकी चोकमा आयोजित कार्यक्रममा उच्च रक्तचाप र मधुमेहको समेत निशुल्क परिक्षण गरिएको थियो । कार्यक्रममा ७२ जनाले रक्तदान गरेका छन भने ४० जनाले सुगर, प्रेसर जाँच गरि लाभ लिएका थिए । । कार्यक्रममा पूर्व विद्यार्थी, स्थानिय, सुरक्षाकर्मी लगाएतले रक्तदान गरेको उपाध्यक्ष निरु महर्जनले जानकारी दिए। This image has an empty alt attribute; its file name is Prabin-Shrestha-2156-1.jpg

               लकडाउनका कारण रगत संकलनमा अभाब भएका विरामीको उपचारमा समस्या नहोस भनेर रक्तदान कार्यक्रम आयोजना  गरेको  छ। २०७० सालमा स्थापित पूर्व विद्यार्थी समाज ‘ज्ञान’ स्थापना कालदेखि नै सामाजिक कार्यमा सक्रिय रहदै आएको छ । । कार्यक्रममा समाजसेवी साधुराम गौतम, ज्ञानका सचिव राम महर्जन र कार्यक्रम संयोजक देवेन्द्र तण्डुकार लगायतले कार्यक्रमको बारे जानकारी दिनु भयो।