प्रत्येक वर्ष अक्टोवर २४ मा मनाइने विश्व पोलियो दिवसको अवसरमा आइतवार रोटरी इ क्लवले ललितपुरमा आयोजना गरेको साइकल र्याली संगै सम्पदा यात्राको शुभारम्भ कार्यक्रमका सहभागी वक्ताहरुले पोलियो उन्मूलनमा सबैपक्षको सक्रिय सहभागीताको आवश्यकता औल्याएका छन ।
विश्वका विभिन्न अल्पविकसित देशमा अझैपनि पोलियो संकट विधमान रहेको पक्षप्रति केन्द्रीत हुँदै वक्ताहरुले पोलियो उन्मुलनका लागि रोटरीले खेल्दै आएको भूमिका आफैमा महत्वपूर्ण रहेको बताएका छन ।
राष्ट्रिय पोलियो प्लस कमिटीको प्रमुख पिडिजी रोटरीएन रत्नमान शाक्यको प्रमुख आतिथ्यता तथा ललितपुर महानगर प्रहरीका प्रमुख सिताराम हाछुथेको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । १ सय पचास भन्दा बढि सहभागिता रहेको कार्यक्रममा क्लवका अध्यक्ष उमित श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको र कार्यक्रमको दौरानमा संकलन भएको एकलाख रुपैया जिल्ला पोलियो समितिका अध्यक्ष आर ति एन सिता रुपाखेतीले जानकारी दिनुभयो ।
साथै फ्युचर स्टार हाइ स्कुल विद्यार्थीहरुलाई पोलियो सम्बन्धित सिता रुपाखेतीले शिक्षा दिनु भएको थियो । शिक्षक र विद्यार्थीहरुले चन्दा बाकसमा चन्दा राखेर सहभागिता जनाएको थियो। कार्यक्रममा फ्युचर स्टार हाइ स्कुल संस्थापक रोटरीएन मञ्जुकार्की लगायतका विशेष व्यक्तिहरुको उपस्थिती रहेको थियो ।