नोरा फतेही अहिले सामाजिक सञ्जालमा भाईरल छिन् । उनको ‘जलपरी’ लुकलाई देखेर फ्यानहरुले रुचाइरहेका छन् र उनको नयाँ गीत ‘नाच मेरी रानी’ गित हेर्न दर्शक आतुरह छन् । यसैबीच उनीसँग जोडिएको एउटा समाचार बाहिर आएको छ ।
नायिका तथा डान्सर नोरा फतेही आफ्नो आकर्षक डान्स मुभले दर्शकको मन जित्दै अहिले सामाजिक सञ्जालमा धेरॆले रुचाहिरहेको छिन् । ‘नच मेरी रानी’ गीत निकै हिट भएपछि अब उनी आफ्ना फ्यानका लागि केही खास ल्याउँदैछिन् । नोरा अब गायक गुरु रन्धावासँग नयाँ गीत ‘डान्स मेरी रानी’ लिएर आउँदैछिन्, जसमा उनी जलपरी बनेकी छिन् । उनका तस्बिरहरू इन्टरनेटमा देखिन सकिन्छ।
वास्तवमा नोरा फतेहीले ‘डान्स मेरी रानी’ गीतको लागि जलपरी जस्तो देखिने पहिरन लगाएकी थिइन् ।
जानकारीका अनुसार नोरा फतेहीले लगाएको पहिरन विदेशमा बनेको र यो १५ किलोको ड्रस तयार गर्न करिब तीन महिना लागेको छ । । मरमेड (जलपरी) ड्रेस लगाएर हिँडडुल गर्न मिल्दैन । त्यसैले पनि नोराले स्ट्रेचरको सहाराले आफूलाई सेट भित्र र बाहिर लैजाने गरेको बताइन् ।
नोराले यो भिडियो निकै आकर्षक रहेको र यसमा नयाँ डान्स स्टाइल देखिने बताइन् । यसको संगीत पनि धेरै फरक छ।
यसअघि नोरा र गुरु रन्धावाका केही तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए, जसमा दुवै गोवा बीचमा सँगै देखिएका थिए। दुबै जना सँगै कुराकानी गरेको देखियो । यस्तो अवस्थामा यी दुईबीच अफेयर चलिरहेको अनुमान गरिएको थियो ।