सिटिजन्स बैंकको ‘मेरो सिटिजन्स बचत खाता’ सार्वजनिक

0

सिटिजन्स बैंक इन्टरनेसनल लिले सातै प्रदेशका नेपाली नागरिकलाई लक्षित गरेर नयाँ बचत योजना ‘मेरो सिटिजन्स बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

भदौ १ गते बैंकको मुख्य कार्यालयमा पत्रकार सम्मेलन गरी बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र ब्रान्ड एम्बेसडर ज्ञानेन्द्र मल्लले संयुक्त रूपमा ‘मेरो सिटिजन्स बचत खाता’ योजना सार्वजनिक गर्नु भएको छ ।

‘योर पार्टनरफर प्रोग्रो’ भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पु¥याँउदैै आएको यस
यस बैंकले न्यूनतम मौज्दात १ सय रुपियाँमा खाता खोल्न मिल्ने ’मेरो सिटिजन्स बचत खाता’मा निःशुल्क अन्तर शाखा कारोबार ९ब्द्यद्यक्०, निःशुल्क सिटिजन्स स्र्माट (मोबाईल) बैंकिङ सुविधा, अनलाइन कारोवार गर्न सुरक्षित घ म् क्भअगचभ प्रविधिमा निःशुल्कदर्ता, निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५०% छुट, विदेशी मुद्रामा ड्राफ्ट÷स्विफ्ट जारी गर्दा ५०% छुट, निःशुल्क आस्वा सेवाजस्ता अनेकन आकर्षक विशेषताहरु उपलब्ध छन् ।

यस्तै दैनिक मौज्दातमा ७ प्रतिशत व्याज गणना गरी त्रैमासिक रूपमा भुक्तानी गर्नु यस योजनाको प्रमुख विशेषता रहेको कुरा विज्ञप्तिमा जनाएको छ ।

ग्राहकहरुको सेवालाई मुख्य प्राथमिकता दिने यस बैंकले आगामी दिनमा अझै उत्कृ्ष्ट बैंकको श्रेणीमा पुग्ने विश्वास लिएको छ ।

सिटिजन्स बैंक लिले देशैभरी फैलिएका आफ्ना ७९ वटा शाखा, ७१ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव ३ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

यसै गरी आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।