होन्डा एक्स ब्लेड नेपाली बजारमा

0

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले नया“ होन्डा एक्स ब्लेडलाई नेपाली बजारमा ल्याएको छ ।

१६० सीसीअन्तर्गतको मोटरसाइमा रोबि फेस एलईडी हेड ल्याम्प प्रयोग गर्ने होन्डा एक्स् ब्लेड पहिलो मोटरसाइल हो ।

नेपालको सडकका लागि अति उपयुक्त यस बाइकलाई होन्डाले स्पोर्टी र मस्कुलर लुक दिएको छ । भारतीय बजारमा केही समय अगाडि लन्च भएको यस मोटरसाइलको नेपाली बजारमा पनि उल्लेखनीय माग भएको कारण होन्डाले यस बाइकलाई नेपाली बजारमा लन्च गर्न लागेको हो ।

५ विभिन्न रङमा उपलब्ध यस बाइकमा स्टार्ट टच डिजिटल मिटर, लामो र आरमदायी सिट, मोनोसक सस्पेन्सन, डुअल आउटलेट, टेलल्याम्प, फराकिलो टायर, बढी समय टिक्ने सिल चेन जस्ता धेरै विशेषता रहेका छन् । शक्तिशाली १६० सीसी इन्जिन रहेको छ ।