पद्म रत्न तुलाधरको नेवारी परम्परा अनुसार जंक्व (भिमरथारोहन) फोटो फिचर

0

                        आदिवादी जनजाति आन्दोलनका अगुवा तथा मानव अधिकार आन्दोलनका बरिष्ठ अभियन्ता पद्म रत्न तुलाधरलाई एक समारोहका विच नागरिक अभिन्नदन गरिएको छ।
अभिन्दनका क्रममा बोल्दै उहाँले जनजातिका मुद्धा पुरा नभएका कारण अझै आन्दोलनको खाँचो रहेको बताउनु भयो। उहाँले आफुलाई गरेको सम्मानको कदर गर्दै यसको लागी आभार गर्नु व्यक्त गर्नु भयो।
भिन्दन कार्यक्रममा भाषाविद् तथा संस्कृतिविद् सत्य मोहन जोशीले पद्म रत्न तुलाधरले मानव अधिकार प्राप्तिको लागी, विभिन्न जातजातिको भाषा आन्दालनका लागी पुर्याउनु भएको योगदान तथा महिला हक अधिकारको लागी गर्नु भएको कामको लागी कदर तथा साथै सम्मान गर्नु पर्ने बताउनुभयो साथै उहाँले सुस्वास्थ्य र दिर्घायुको कामना गर्दै जंक्व(भिमरथारोहन) शुभ कार्य रहेको बताउनु भयो र विशेष ब्यक्तिले मात्रले यस्तो अवसर पाउने गरेको पनि धारणा राख्नुभयो।
नागरिक अभिनन्दन काठमाडौं महानगरपालिक को सहकार्यकामा पद्म रत्न तुलाधर नागरिक अभिनन्दन समारोह समितिको सहकार्यमा भएको गरिएको हो।
अभिन्नदन पद्म रत्न तुलाधरको नेवारी परम्परा अनुसार जंक्व (भिमरथारोहन)को उपलक्ष्यमा गरीएको आयोजना गरिएको हो

रमिता छुजु