सोमबार बिहान पशुपति मन्दिरमा पूजा गर्दै चलचित्र ‘लभ स्टेशनको’ शुभ मुहूर्त गरिएको छ ।
नायिका जसिता गुरुङ र नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको ‘लभ स्टेशनको’ शुभ मुहूर्त गरिएको हो ।
शुक्रबारबाट दार्जिलिङबाट चलचित्रको छायांकन शुरु हुनेछ । छायांकनका लागि निर्माण पक्ष मंगलबार दार्जलिङ जाँदै छ ।
चलचित्रको छायांकन भने दार्जिलिङ, कालिङपोङ, सिक्किम तथा नेपालको पूर्वी भागमा हुनेछ भने ५० दिनको छायांकन तालिका बनाएको छ ।
यस चलचित्र उज्ज्वल घिमिरेको निर्देशन तयार हुन लागेकोमा श्रद्धा क्षेत्री, सरोज कनाल, निरुता सिंह, प्रकाश शाहलगायतको मुख्य भूमिका रहनेछ ।
संगीत भने शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको रहने चलचित्रमा आलोक शुक्लाको छायांकन रहनेछ ।
‘काफिया फिल्मस्’ को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा काफिया शाही र कविरविक्रम शाही निर्माताको रुपमा रहेका छन् ।