मिस काभ्रे २०१८ को उपाधि रुविला श्रेष्ठलाई

0

शनिबार बनेपामा सम्पन्न मिस काभ्रे २०१८ को दशौं संस्करणको उपाधि रुविला श्रेष्ठले जितेकी छिन् ।

मिस काभ्रे २०१८ को उपाधी जितेसँगै रुविलाले चाइनामा हुन लागेको मिस ग्लोब वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी छन् भने रुविलाले उपाधीका साथमा मोस्ट कन्फिडेन्ट र बेस्ट ट्यालेन्टको सब टाइटल समेत जितिन् ।

प्रियंका पाठकले दोस्रो स्थानको साथमा मोस्ट इनर्जेटिक पनि हात पारिन् । त्यस्तै तेस्रो स्थानमा रिचा न्यौपानेले भ्युअर्ज च्वाइस अवार्ड र बेस्ट ड्रेसको पुरस्कारसमेत जितिकी छन् ।

प्रतिस्पर्धामा सुस्मिता मानन्धरले पर्सनालिटी, अनुषा गुरुङले मोस्ट सिन्सियर, सदिक्षा श्रेष्ठले मोस्ट डिसिप्लिन, सबिना तामाङले पंच्युआलिटी, रोजी कपालीले फोटोजेनिक, विनिता गुरुङले बेस्ट डान्सर, प्रभा खड्काले बेस्ट वाल्कको सब टाइटल जितेकी छिन् ।

उपाधी विजेतालाई रेडियन्ट ईभेन्ट म्यानेजमेन्टका फाउन्डर डाइरेक्टर राज फैजु र श्रीषा वैदार फैजुले ताज पहिर्याई दिए । विजेता तथा उप विजेताहरुलाई पनि मिस काभ्रे २०१५ का फस्ट रनर अप प्रशंसा मानन्धर, २०१६ का फस्ट रनर अप लजना नकर्मी र २०१७ का सेकेन्ड रनर अप पुनम नापितको साथमा हब इन्टरनेशनल एजुकेसनका सरीता खड्का, उद्धव खड्कालगायतले गिफ्ट ह्याम्पर प्रदान गर्नुभयो ।

मिस काभ्रेको एक दशक प्ररा भएको अवसरमा रेडियन्टका संस्थापक, संरक्षक केशवप्रसाद फैजु, फाउन्डर डाइरेक्टर राज फैजु र कार्यकारी निर्देशक श्रीषा वैदार फैजुले केक काटेका थिए ।

उहाँले भन्नुभयो– ‘अब मिस ग्लोब वल्र्डका लागि विशेष तयारीमा लाग्ने बताउनुभयो ।’

कार्यक्रम रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा भएको थियो भने कोरीयोग्राफी रेडियन्टका फाउन्डर डाइरेक्टर साथै अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुले गरेका थिए । त्यसैगरी फेसन डिजाइनर श्रीषा वैदार फैजुको डिजाइन रहेको थियो । प्रायोजन हब इन्टरनेशनल एजुकेशनले गरेको थियो ।