सोमबार राति सम्पन्न भएको चौथो खेलमा भारतसँग वेष्ट इन्डिजल २ सय २४ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
३ सय ७८ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले ३६.२ ओभरमा सबै विकेटको क्षतिमा १ सय ५३ रन मात्रै बनाए ।
वेष्ट इन्डिजका कुनै पनि ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् भने वेष्ट इन्डिजका लागि कप्तान जासन होल्डरले अविजित ५४ रन बनाए ।
भारतका कुलदीप यादव र खालिल अहमदले समान ३–३ विकेट लिए ।
मुम्बईमा यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको भारतले वेष्ट इन्डिजविरुद्ध ३ सय ७७ रनको विशाल स्कोर बनाएको थियो । भारतका लागि २ जना खेलाडीले शतक प्रहार गरे । भारतका ओपनर रोहित शर्माले १ सय ६२ रन बनाए । उनले १ सय ३७ बलमा २० चौका र ४ छक्का प्रहार गर्दै १ सय ६२ रन बनाएका थिए ।
त्यस्तै, भारतका लागि आमबती रयुडुले १ सय रन बनाए । उनले ८१ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै भारतका लागि शिखर धवनले ३८ रन बनाए ।
बलिङतर्पm वेष्ट इन्डिजका केमार रोयचले २ विकेट लिए । ५ खेलको एक दिवसीय सिरिजमा भारतले २–१ ले लिड गरेको छ ।