फेसियल हाउसले आफ्नो ११औं वार्षिकोत्सव मनाएको छ । काठमाडौंको वल्र्ड ट्रेड सेन्टरमा कार्यक्रम गरी आफ्नो ११औं वार्षिकोत्सव भव्यरुपमा मनाएको छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पुर्वअध्यक्ष चण्डिराज ढकाल र उपाध्यक्ष उमेशलाल श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।
यस्तै चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, मोडल दिक्पाल कार्की, गायक युवराज चौलागाईंलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
यसै गरी फेसियल हाउसले हरेक वर्ष प्रदान गर्दै आइरहेको ‘स्टाफ इनकरेज्मेन्ट अवार्ड’ यस वर्ष पनि फेसियल हाउसको ६ वटा ब्रान्चमा रहेका कर्मचारीमध्ये १० जनालाई ‘स्टाफ इनकरेज्मेन्ट अवार्ड’ प्रदान गरिएको थियो ।
फेसियल हाउसको यस बर्षको कुशल व्यवस्थापकको अवार्ड सुमन शाहीलाई प्रदान गरे भने उत्कृष्ठ कर्मचारीको अवार्ड सोनु कुमार शर्माले पाए भने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठलाई गेस्ट अफ अनरको सम्मान प्रदान गरिएको थियो ।
स्थापनाको छोटो समयमै आफ्नो छुट्टै ब्रान्डको रुपमा चिनिन सफल यस फेसियल हाउसले काठमाडौंको विभिन्न स्थानलगायत पोखरा र इटहरीमासमेत आफ्नो सेवा प्रदान गर्दै आएको छ । सेवाग्राही मात्र नभएर यहाँबाट ब्युटिसियन कोर्स लिएका थुप्रै विद्यार्थीहरु आज आत्मनिर्भर बन्न सफल भएका छन् ।
कार्यक्रममा बोल्दै फेसियल हाउसकी सञ्चालक सुष्मा महरा शाहले फेसियल हाउसलाई यहाँसम्म पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन् ।