प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास

0

२०७२ सालको भूकम्पले ध्वस्त भएको धरहरा प्रधानमन्त्री केपी शर्मा ओलीको आज (बिहीबार) पुनर्निर्माणको शिलान्यास गर्नुभएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा परिसरमा आयोजना गरेको विषेश कार्यक्रममा प्रधानमन्त्री ओलीले पुजाआजा गरी शिलान्यास गर्नुभएको हो ।

६ रोपनी क्षेत्रफलमा रहेको प्रधानमन्त्री भीमसेन थापा कालिन धरहरा भत्किएपछि हुलाक र टक्सार विभागसहितको ४२ रोपनी जग्गामा आधुनिक धरहरा निर्माण हुनेछ । पुनर्निर्माण प्राधिकरणले जीआईईटिसी (रमन जेभी)लाई धरहरा पुनर्निर्माणको जिम्मा दिएको थियो ।

शिलान्यास समारोहमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादर थापा, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालवावु पण्डीत, पर्यटनमन्त्री रविन्द्र अधिकारी, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइयो शुशिल ज्ञवालीलगायतको उपस्थिति रहेको थियो ।