हाँडीगाउँ जात्रा….

0

कही नभएको जात्रा हाँडीगाउँमा…   आज सोमबार हाँडीगाउँमा यो जात्रा धुमधाम साथ सुरु भएको थियो | किम्बदन्ती अनुसार यो जात्रा लिच्छवी कालमा सुरु भएको मानिन्छ | यो खतहरुमा ब्रम्हा , बिष्णु र महेश्वरको प्रतिमूर्ति विराजमान गरि यो खत विश्वकर्मा देवताले बनाएको किम्बदन्ती छ | यो त्रिदेवको एकै पटक दर्शन गर्नाले घरमा महालक्ष्मीको बास हुने र आफ्नो मनोकामना पुरा हुने जनविश्वास छ | अन्य जात्रा भन्दा हाँडीगाउँको जात्रा फरक छ | मुर्ति राखिएको माथिल्लो भाग ठुलो आकारको हुन्छ भने तल्लो भाग सानो हुन्छ | माथिल्लो भागको बिचमा मुर्ति राखी फूलहरु गोलो गरि सजाइन्छ र तल अरुहरुले खटलाई बोकी तिन वोटा यस्तै खतहरु तिन पटक नगर परिक्रमा गरि पुजा लिने चलन रहेको छ |prabin-shresthahaari-gaau-9916prabin-shresthahaari-gaau-0022