पृथ्वीनारायण शाहको शालिक राष्ट्रपति विद्यादेवीले अनावरण….

0

        काठमाडौंको  नजिक चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा निर्मित नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रागिरि हिल्समा आयोजित विशेष समारोहकाबीच अनावरण गर्नुभएको छ । शालिक उचाइको ५फिट ८ इन्च सो मुर्तीकार नवीन सुवेदीले निर्माण गर्नुभएको हो ।

पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणको अभियानका क्रममा राजनीतिक र धार्मिक रुपले सम्बन्धित रहेको यस चन्द्रागिरिमा उहाँको शालिक राख्नु नेपाली इतिहासको संरक्षण र सम्बर्धनमा एक महत्वपूर्ण योगदान पुग्ने भएकोले शालिक निर्माण गरिएको चन्द्रागिरि हिल्स लिमिटेडले जनकारी दिएको थियो ।