नयाँ सरकार तीन हप्ताभित्न ः महरा

0

दाङमा शुक्रबार विहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तीन हप्ता भित्र नयाँ सरकार बन्ने बताएका छन् ।
उनले भने, सरकार गठन गर्नका लागि प्रतिनिधिसभा सदस्य भए पुग्ने भएकाले तत्कालै सरकार गठन प्रक्रिया सुरु हुने बताए ।
निर्वाचन आयोगले समानुपातिक सिट घोषणा गरे लगत्तै सरकार गठन प्रक्रिया सुरु हुने भन्दै महराले आयोगले समानुपातिक सिट घोषणाको समेत अन्तिम तयारी गरेकाले तीन हप्ताभित्रै सरकार गठन भइसक्ने दावी गरे ।
यसैबीच, पत्रकार सम्मेलनमा बोल्दै नेता महराले प्रदेश ५ को राजधानी दाङमै हुने दावी गरेका छन् । दाङकै पक्षमा बहुमत भएको दावी गर्दै महराले राजनीतिक सहमतिका आधारमा दाङ नै राजधानी घोषणा हुने दावी गरे ।
प्रदेश ५ को जिल्लाको समग्र विकासका लागि दाङलाई नै केन्द्रविन्दू बनाउनु पर्ने भन्दै महराले हरेक हिसावले दाङ नै उचित भएको बताए ।