अजित र हुमीलाई स्वर्ण

0
पिनाकल कलेजका अजितकुमार यादव र शहिद रामनाथकी हुमी बुढा मगरले प्रथम टाइम्स दौड प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । ५ किलोमिटर दूरीको दौडमा अजित ब्वाइज तथा हुमी गल्र्समा पहिलो भए ।
एक हजार ५ सय र ३ हजार मिटर दौडका जुनियर राष्ट्रिय कीर्तिमानधारी अजितले निर्धारित दूरी १६ मिनेट १६.६२ सेकेन्डमा पूरा गरे । क्यास्पियन भ्याली कलेजका सुवास थापा दोश्रो र क्यास्पियनकै निरज महत तेश्रो भए । सुवासले १७ मिनेट १९.४३ सेकेन्ड तथा निरजले १७ मिनेट २१.१४ सेकेन्ड समय खर्चे ।
द टाइम्स इन्टरनेसनल कलेज अफ म्यानेजमेन्ट क्लबद्वारा आयोजित प्रतियोगिताको गल्र्समा पहिलो भएकी हुमीले निर्धारित दूरी २१ मिनेट ३७.०४ सेकेन्डमा पार गरिन् । २३ मिनेट १३.२८ सेकेन्ड समयमा गणेशमान मल्टीपल कलेजकी रशिला तामाङ दोश्रो तथा २५ मिनेट ३३.०५ सेकेन्ड सयममा राइजिङ स्टारकी भगवती थापा मगर तेश्रो भए ।
दुवै समूहमा पहिलो हुनेले १० हजार, दोश्रोले ८ हजार र तेश्रोले ५ हजारका दरले नगद पुरस्कार हात पारे । नगद पुरस्कार द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी प्रा.लि. ले प्रायोजन गरेको हो भने खेलाडीका लागि टि सर्ट युनाइटेड सिमेन्टले प्रायोजन गरेको हो ।
दिल्लीबजारस्थित टाइम्स इन्टरनेसनल कलेजबाट सुरु भएको दौड विभिन्न भागको परिक्रममा गरी पुनः टाइम्स कलेजमै आएर टुंगिएको थियो ।
विजेतालाई टाइम्सका प्रिन्सिपल बुद्धिबहादुर सुवेदी, एथलेटिक्स प्रशिक्षक राकेश श्रेष्ठ, आयोजक क्लबका अध्यक्ष सोनु थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दौडमा कक्षा ९ देखि १२ मा अध्ययनरत ३ सय प्रतिस्पर्धीले सहभागिता जनाएको आयोजकले जनाएको छ ।