नेयमार अब रियल मड्रिड जाने

0

ब्राजिली स्टार नेयमार रियल मड्रिडसँग अनुबन्धको सम्झौताका लागि तयार भएको स्पेनिस पत्रिकाले दाबी गरेका छन् ।
उनी अब चाँडै नै ला लिगामा फर्किने तयारीमा छन् । नेयमार यही सिजन विश्वकीर्तिमानी मूल्यमा ला लिगा क्लब छोडेर फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन ९पिएसजी० गएका हुन् ।
तर महङ्गो रकममा पिएसजी क्लब गएका उनी पछिल्लो समयमा पिएसजीमा खुशी नरहेको र ला लिगा क्लब फर्किन चाहेको भन्ने खबरले नेयमारले ठूलो रकममा आँखा लगाएको आंकलन पनि गरिएको छ ।
स्पेनिस पत्रिका डायरिओ गोलका अनुसार नेयमारका बुवा नेयमार सिनियरले रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग अनुबन्धका सम्बन्धमा छलफल गरिसकेका छन् । नेयमार सन् २०१९र२० सिजनमा रियल मड्रिड जाने विषयमा दुबै पक्ष राजी भएका छन् ।
उनी पिएसजीमै रहेर क्लबबाट च्याम्पियन्स लिग र व्यक्तिगत रुपमा बालोन डी’ओरसमेत जित्न चाहेको उनका नजिकका साथीलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।
तर रियल अध्यक्ष पेरेजले भने नेयमारलाई २ सय २२ मिलियन पाउण्ड तिरेर विश्वको महंगो खेलाडी तथा बर्नाबेउको प्रमुख खेलाडी बनाउन तयार रहेको भन्दै आउँदो सिजनमै क्लबमा भित्र्याउन आतुर रहेको बताएका छन् ।