चीनले बनायो विश्वकै ठूलो ‘उभयचर’ विमान

0

चीनले विकास गरेको विश्वकै सबैभन्दा ठूलो ‘उभयचर बिमान’ एजी ६०० ले आइतबार साउथ चाइना समुद्रको किनारामा रहेको एउटा विमानस्थलबाट आफ्नो पहिलो उडान भरेको छ । यो विमानले पारम्परिक विमानस्थलहरु प्रयोग गर्न सक्छ भने समुद्रबाटै पनि उडान र अवतरण गर्न सक्छ ।
चीनले अघि सारेको सैन्य आधुनिकीकरण कार्यक्रमको यो पछिल्लो कडी हो । सरकारी टेलिभिजनले साउथ चाइना समुद्री तटमा अवस्थित दक्षिणी प्रान्त गुआङडोङमा रहेको झुहाई विमानस्थलबाट उड्दै गरेको एजि ६०० को प्रत्यक्ष दृश्यहरु देखाएको थियो ।

यो करिब एक घन्टापछि फर्कियो र आफ्नो स्ट्यान्डमा बस्यो, जहाँ युद्ध(संगीत बजिरहेको थियो र ठूलो भिडले चिनियाँ झण्डा फहराइरहेको थियो ।

सिन्ह्वा समाचार एजेन्सीले उक्त विमान ‘समुद्र, टापु र समुद्री चट्टानहरुको भावना रक्षक’ भएको उल्लेख गरेको छ ।

यो विमान यस वर्षको सुरुमा नै उडान भर्ने तालिका थियो, तर अप्रिलमा ग्राउन्ड टेस्ट भएपछि उडानमा किन ढिलाई भयो भन्ने खुलेको छैन ।

चीनको एभियसन इन्डष्ट्री कर्पोरेसन अफ चाइना ९एभिआइसी० ले आठ वर्ष लगाएर यस विमानको विकास गरेको हो, जसको आकार बोइङ ७३७ को बराबर रहेको छ र समुद्री उद्दार तथा जंगली आगो नियन्त्रणमा प्रयोग गर्ने गरी डिजाइन गरिएको छ ।