नयाँ सरकार गठन र पार्टी एकता सँगसँगै हुन्छ ः नेपाल

0

काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुको सम्मानमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनमा अवरोध गरिरहेको आरोप लगाएका छन् ।
उनेले भने, प्रधानमन्त्री देउवालाई तत्काल पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न पनि आग्रह गरे ।
नेता नेपालले सरकार गठनका विषयमा वाम गठबन्धन भित्र विवाद नरहेको दावी समेत गरेका छन् । उनले झण्डै दई तिहाई बहुमत ल्याएको वाम गठबन्धन नयाँ सरकार बनाउन आतुर रहेको पनि स्पष्ट पारे ।
बरिष्ठ नेता नेपालले सरकार गठन र माओवादी केन्द्रसँगको पार्टी एकतासँगसँगै अघि बढने पनि स्पष्टसमेत पारेका छन् भने दुवै दलका शीर्ष नेताहरुबीच छलफल गरी पार्टीको वैचारिक र संगठनात्मक संरचनाको विषय टुंगो लगाइने उनको भनाइ छ ।