श्रीमान्–श्रीमती विवादका कारण घरमा आगलागी

0

ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचामा श्रीमान्–श्रीमतीबीचको सामान्य विवादले बुधबार एक घर जलेर खरानी भएको छ ।
राति करिब ९ बजे भएको आगलागीका कारण दिलबहादुर सावादेन (लिम्बू) को घर जलेर पूर्णरुपमा नष्ट भएको हो । राति घरायसी विषयमा श्रीमान्श्री-मतीबीच सामान्य विवादपछि श्रीमान् दिलबहादुरले घरमा आगो सल्काएको बराइलीले बताएका छन् ।
स्थानीय केशर बराइलीका अनुसार घरसहित घरभित्र रहेका लत्ताकपडा, अन्नपातलगायतका सामान जलेर नष्ट हुँदा करिब २ लाखभन्दा बढीको क्षति भएको गाउँलेको अनुमान छ ।
आगलागी भएको दुई घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको थियो । आगलागी पीडित परिवार भने छिमेकीको शरण लिएर बसेको बताइएको छ । यता प्रहरीले भने घटनाका विषयमा बिहानमात्र जानकारी भएकाले त्यसतर्फ अहिले प्रहरी पठाइएको र घटनाका सम्बन्धमा थप बुझ्ने जनाएको छ ।