माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शान्ति, सुशासन र समृद्धि नेपाली राजनीतिका प्रमूख एजेण्डा भएको बताएका छन् ।
शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले भने, ‘नीति निर्णय सबैमा तपाईंहरुको भावनालाई, तपाईंहरुको प्रेरणालाई ध्यान दिएर अगाडि बढ्ने छौं र राजनीतिक स्थीरता र समृद्धिका निम्ति काम गर्नेछौं ।’
त्यसलाई मैले शान्ति, सुशासन र समृद्धिका रुपमा परिभाषित गर्दै आएको छु। निर्वाचनमा हामीले जनताका बीचमा जे-जस्ता प्रतिवद्दता व्यक्त गरेका छौं, संकल्प गरेका छौं, त्यसलाई पूरा गर्छौं । अब देश शान्ति, सुशासन र समृद्धिको यात्रामा अघि बढाउँछौं।”
देशमा लामो समयसम्म राजनीतिक उतारचढाव, खिचातानी भएकाले जनताको चाहना तथा राष्ट्रको आवश्यकता पनि शान्ति, समृद्धि र विकास नै भएको उनले बताए । १० वर्षे सशत्र युद्धको नेतृत्व गरेर शान्तिपूर्ण राजनीतिमा आएका प्रचण्डले युद्धमा लाग्ने मान्छेहरुले नै शान्तिको महत्व सबभन्दा बढी बुझ्ने र शान्ति कायम गर्न पनि भूमिका खेल्नेसमेत बताए ।