आज भएको कीर्तिपुर मैदानमा खचाखच भरिएको क्रिकेट प्रेमीहरु माभ दोस्रो संस्कण एभरेष्ट प्रिमियर लिग (इपीएल)को फाइनल खेलमा विराटनगर वारियर्सले १ रनले भैरहवालाई पराजित गरी ट्रफीसहित २१ लाख जित हात पारेको छ । कुनै समय खेलमा पूरै पकड बनाएको भैरहवा खेलमा जित हासिल गर्न असफल भएको छ । विराटनगर वारियर्सले १ सय ५० रन लक्ष्य दिएको भैरहवाले सबै विकेट गुमाई १ सय ४९ रन मात्र बनाउन सफल भए । एपीएलको फाइनल खेल हेर्न शनिबार बिहानैदेखि दर्शकहरुको भीड बढेको छ । पारस खड्काको कप्तानीमा बिराटनगर वारियर्स र शरद भेषावकरको कप्तानीमा भैरहवा ग्लाडीसर्यवीचको प्रतिस्पर्धा हेर्न दर्शकहरुको घुइँचो लागेको हो । जारी फाइनल खेलमा भैरहवाले १५० रनको लक्ष पाएको छ । बिराटनगर वारियर्सले ६ विकेट गुमाउँदै १४९ रन जोडेको छ ।
Previous Articleतराईको बाढीको लैंगिक अध्ययन ( फोटो फिचर )