शनिवार काठमाडौंको सभागृहमा नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले लिखित ‘नेपाल नवनिर्माण महाअभियान’ नाम पुस्तक प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले एक कार्यक्रमबीच विमोचना गरिएको थियो । विमोचन कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोल्नुभएको थियो । नेकपा एमालेका अध्यक्ष ओलीले वाम गठबन्धनलाई टुटाउने खेल भइरहेको भन्दै त्यो कुनै पनि हालतमा सफल नहुने बताएका छन् । यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको राजनीति, अहिलेको राजनीतिक गतिरोध, वाम गठवन्धनले निर्वाचनमा प्राप्त गरेको सफलता र चुनौतीबारे बोल्नुभयो । संविधान जारी भएपछि पहिलोपटक भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनबाट वामपन्थी दलललाई देश निर्माणको जिम्मेवारी प्राप्त भएको भन्दै प्रचण्डले वाम दल चुके देश अर्को दुर्घटनामा पर्न सक्ने खतरा रहेको बताए । एमाले नेता गौतमले आफ्नो पुस्तकमा ‘नेपालमा संघीयता’ आवश्यक नरहेको भनेर भन्न खोजेको विषयमा पनि प्रचण्डले आपत्ति जनाए । देश संघीय शासन प्रणालीसहित नयाँ व्यवस्थामा गइसकेको अवस्थामा अब कुनै पनि जिम्मेवार नेताले यसको विरोध गर्न नहुने प्रचण्डको भनाइ थियो । कार्यक्रममा बोल्दै पौडेलले पुस्तकबारे चर्चा गर्दा उनले नेपालको वर्तमान राजनीति र गणतन्त्र प्राप्तीका लागि भएका प्रयासबारे उल्लेख गरे ।