आइतबार प्रेस चौतारी नेपाल गुल््मीले आयोजना गरेको पत्रकार भेटघाटमा नेकपा एमालेका सचिव ज्ञवालीले निर्वाचन आयोग कुनै राजनीतिक दलपट्टि लागेर समानुपातिकतर्फको नतिजा निकाल््न आनाकानी गर्नु लज्जास्पद विषय बनेको बताउनुभयो ।
उनले भने, ‘आयोग जस्तो निकाय स्वतन्त्र र निष्पक्ष बनेर तटस्थ ढङ्गले काम गर्न समेत उनले आग्रह गरेका छन्् ।’
उनले संविधान र कानुनको अपव्याख्या गरेर अहिलेको सरकारले दीर्घकालिन असर पर्ने निर्णयहरु गरिरहेको बताए । ‘सरकारले सहमती भन्दा निहँु खोजिरहेको छ,’ ज्ञवालीले भने, ‘कुनै निर्णय पनि वामगठबन्धनलाई मान्य छैनन्् ।’
आलोपालो सरकार गठन त्यो कदापी हुन नसक्ने बताए । सरकार गठन पछि मन्त्रीहरुको कार्यशैलीका आधारमा कार्यविभाज हेरफेर भए पनि सरकार गठनमा आलोपालो नहुने दावी गरे । ‘आलोपालो भनेर एकता कसरी हुन्छ ? एउटै पाटी भएपछि सरकारका मन्त्रीहरुको जिम्मेवारी हेरफेर होला,’ उनले भने,‘ आलोपालो भन्नु, एकताबबाट भाग्न खोज्नु हो ।’