राष्ट्रिय सभाको चुनावपछि समानुपातिकको नतिजा सार्वजनिक गरिने ः आयुक्त डा. अयोधिप्रसाद यादव

0

आज आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल््दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राष्ट्रिय सभाको चुनावपछि आएको नतिजाका आधारमा प्रतिनिधिसभातर्फ समानुपातिकको नतिजा सार्वजनिक गरिने बताए ।
राष्ट्रिय सभाको चुनाव नभएसम्म प्रतिनिधिसभा चुनावको अन्तिम परिणाम सार्वजनिक गर्न नमिल््ने बताएका छन््, आइतबार आयोजित कार्यक्रममा आयुक्त डा. यादले यस्तो बताएका हुन्् ।
उनले दलहरुले प्रदेश सभाको समानुपातिकतर्फ पहिला बुझाएको बन्द सूचीबाट नाम तलमाथि गरेको पाइएमा कारबाही गर्ने चेतावनी समेत दिएका छन्् ।
संविधान अनुसार संघीय संसदमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने भएकाले राष्ट्रिय सभाको नतिजा पछि महिलाको सहभागिता कति थप्नुपर्ने हो त्यो प्रतिनिधिसभाको समानुपातिकबाट पूर्ति गर्नुपर्ने यादवले बताए ।
यादवले राष्ट्रिय सभा र प्रतिनिधिसभा गरी कूल ३ सय ३४ को ३३ प्रतिशत महिला चाहिने भएकाले त्यसका लागि राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट पूरा गर्नुपर्ने व्यवस्था भएको बताए ।