निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको सूची सच्याउन नेपाली कांग्रेस, राजपा, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ६ राजनीतिक दलहरुलाई मंगलबार पत्राचार गरेको छ । आयोगका अनुसार अन्य दलहरुको सूचीमा भने समस्या छैन ।
आयोगअनुसार २० गतेभित्र दलहरुले सच्याएर सूची बुझाइसक्नुपर्ने छ ।
‘क्रमभंग भएको, समावेसी नभएको, महिला हुनुपर्नेमा पुरुष भएकोलगायतका समस्या देखिएकाले संशोधित सूची बुझाउन दलहरुलाई पत्राचार गरिएको हो ।