त्रिचन्द्र क्याम्पस अगाडि आन्दोलनरत बिद्यार्थी र प्रहरीबीच झडप

0

नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका विद्यार्थी र प्रहरीबीच त्रिचन्द्र क्याम्पस अगाडि झडप भएको छ ।
निर्वाचन आयोग, सरकार र इन्धनमा गरिएको मूल्य वृद्धि विरुद्ध आन्दोलनमा उत्रिएको नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका विद्यार्थी र प्रहरीबीच झडप भएको हो ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका विद्यार्थी र वाम गठवन्धनका विद्यार्थीबीच झडप हुने स्थिति आएपछि प्रहरीले दुई राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।
झडमा १ प्रहरी र ३ आन्दोलनकारी गरी ४ जना घाइते भएका छन् । वाम गठवन्धन निकट विद्यार्थीले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिन, निर्वाचन आयोगलाई समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न तथा प्रधानमन्त्रीले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्नुपर्ने माग गरेर विरोध प्रदर्शन गरेका हुन् ।
आन्दोलन र झडपपछि त्रिचन्द्र क्याम्सप आसपास घण्टाघर, रत्नपार्क, भोटाहिटी, जमल क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।