चितवन भरतपुर उद्योग वाणिज्य संघको नवौं अधिवेशन उद्घाटन समारोहलाई सम्वोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष एवम् चितवन क्षेत्र न. ३ का सांसद पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई देशकै आर्थिक राजधानी बनाउने प्रतिवद्धता जनाएका छन् ।
अध्यक्ष प्रचण्डले चितवनमा आर्थिक सम्वृद्धिको सम्भावना सवै जग रहेको भन्दैं आर्थिक नगरीका रुपमा अघि बढाउने बताए ।
‘चितवनमा देशलाई नै आत्मनिर्भर बनाउने पोल्ट्री व्यवसाय छ, दूध, तरकारी, तोरी, माछापालन, पशुपालनको सम्भावना अधिक छ । देशको मध्य भागमा अन्यत्र यो सम्भावना छैन ।’ उहाँले बताउनुभयो ।
‘सधैं राजनीतिक खिचातानी, दाउपेचले मात्रैं देश बन्दैन, यसो हुँदा देश र जनता पछाडि पर्ने अवस्था आउँछ’, अध्यक्ष प्रचण्डले भने, ‘अब राजनीतिक सहमतीबाट स्थायीत्वको दिशामा जानुपर्छ ।’
अव बन्ने सरकारले निजी क्षेत्रलाई पनि साथमा नै लिएर अघि बढ्ने हुँदा गलत हल्लाका पछाडि नलाग्न उनले व्यवसायीहरुलाई अनुरोध गरे ।
‘विकास निर्माणलाई गति दिन नसके सिङ्गै नेपाल असफल हुनेछ । नयाँ युग थालनीको कुरा, परिवर्तन संस्थागत गर्ने कुरा गरेका छौ, यि काम पुरा गर्ने दायित्व र जिम्मेवारी दुवै हामीमै आएको छ । दुई ठुला देशको विचमा रहेकाले पनि हामी उनिहरुसँगै विकास गर्न सकिन्छ भनेर अघि बढ्नुपर्ने छ त्यसका लागि संकल्प चाहिन्छ ।’