रुपन्देहीको देवदह नगरपालिकामा फर्निचर व्यवसायी वसन्त पौडेल ‘बलु’ को गोली हानी हत्या भएपछि सो क्षेत्रमा तनावग्रस्त बनेको छ ।
हत्यारालाई पक्राउ गरी कारबाहीको माग गर्दै अनिश्चितकालीन बन्द आहृवान गरेको हो ।
शुक्रबार विहान अज्ञात समूहले फर्निचर व्यवसायी पौडेलमाथि देवदहमा गोली हानेको थियो । टाउको र छातीमा गोली लागेका उनको उपचारका क्रममा निधन भएको छ ।