बुम रेमिट्यान्स प्रालिको साधारणसभा सम्पन्न

0

बुम रेमिट्यान्स प्रालिको आठौ वार्षिक साधारण सभा सम्पन्न भयो । कार्यक्रम संस्थाका अध्यक्ष सृजना रायमाझीको सभापतित्वमा भएको थियो ।
उक्त साधारण सभामा प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले संस्थाको प्रगति विवरण र पञ्चवर्षीय योजनामा प्रकास पार्दै संस्थाले नेपाल र विदेशमा निकै राम्रो ख्याति कमाएको र छोटो समयमा नै राम्रो पहिचान बनाउन सफल भएको बताउनुभयो ।
बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४ हजारभन्दा बढी प्रतिनिधिहरु रहेको साधारण सभा जानकारी गराउनुभयो । हाल बुम रेमिट्यान्सले खाडी मुलुक तथा हङ्गकङ्गबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडै नै मलेसिया, साउदी अरब, कोरीया, तथा अन्य मुलुकहरुबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।
आन्तरिक सञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफ्नो संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनीति रहेको कुरा प्रबन्ध निर्देशक पन्तले बताउनुभयो ।
पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरी विदेशमा समेत बजार प्रर्वद्धन गरी नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको बताए ।
बुम रेमिटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको कुराको जानकारी प्रबन्ध निर्देशक पन्तले बताउनुभयो । प्रबन्ध निर्देशक पन्तले “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरी विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने बताउनुभयो ।