आफ्नै मैदानमा मंगलबार राति भएको सेमिफाइनलमा सर्जियो अग्युइरोले इन्जुरी समयमा गोल गरेपछि म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको सेमिफाइनलको पहिलो लेगमा विजयी भएको छ ।
म्यानचेस्टर सिटीले च्याम्पियनसिप क्लब ब्रोस्टोल सिटीलाई २–१ ले पराजित गरेको हो ।
खेलको ४४औँ मिनेटमा बबी रेइडले पेनाल्टीमा गोल गरेपछि ब्रिस्टोलले अग्रता लिएको थियो । तर, ५५औँ मिनेटमा सिटीका केविन डि ब्राउनले गोल गरेपछि खेल १÷१ को बराबरीमा आएको थियो । त्यसपछि निर्धारित समयसम्म बराबरी रहेको खेलमा इन्जुरी समयमा अग्युइरोले उत्कृष्ट गोल गरेपछि सिटी विजयी भएको हो ।
दुई टोलीबीचको दोस्रो लेग जनवरी २३ मा ब्रिस्टोलको मैदानमा हुनेछ । सेमिफाइनलको अर्को खेलमा आज राति चेल्सी र आर्सनल भिड््ने छन्् ।