स्टान्डर्ड चार्टर्ड बैंकले शेयरधनीलाई ५ दशमलव २६ प्रतिशत लाभांश र शतप्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बुधबार बसेको बैंकको ३१औं साधारणसभाले यस्तो निर्णय गरेको हो ।
साधारणसभामा बैंकले गत आर्थिक वर्षको वित्तीय अवस्थाका बारेमा पनि समीक्षा गरेको छ । साधारणसभामा बौल्दै बैंकका अध्यक्ष जीतेन्द्र अरोराले बैंकको क्षमता विस्तारमार्फत् लगानीका क्षेत्रमा थप पु“जी पठाएर मुलुकलाई दिगो विकासमा सहयोग गर्ने प्रतिबद्धता लिइएको बताउनुभयो ।
गत आर्थिक वर्षमा बैंकको सञ्चालन नाफा १ अर्ब ९८ करोड रुपिया“ र कुल नाफा १ अर्ब ४२ करोड रुपिया“ रहेको छ । त्यस्तै बैंकले गत आर्थिक वर्षमा २५ प्रतिशत नाफा कमाएको जनाएको छ । निक्षेप १४ दशमलव ६२ प्रतिशतले बढेर ६३ अर्ब ८७ करोड रुपिया“ पुगेको छ ।