आज पृथ्वी जयन्ती: विविध कार्यक्रम गरी मनाइँदै

0

नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर आज पृथ्वी जयन्ती मनाइँदैछ ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।
लोकतन्त्र आएपछि औपचारिक रुपमा राष्ट्रिय एकता दिवस नमनाएको सरकारले यस वर्ष भने विविध कार्यक्रम गरेर पृथ्वी जन्यती मनाउ“दैछ । लोकतन्त्रपछि गठन भएको सरकारले एकता दिवसको बिदा कटौती गरेको भए पनि सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।