एनसेल प्रालिले आयोजना गरेको एनसेल मेला सम्पन्न भएको छ । मोबाइल ब्रोडव्यान्ड सेवा लङ टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्न, कम्पनीले पोखरा, विराटनगर र ललितपुरमा एनसेल मेला आयोजना गरेको थियो । एनसेल मेला पुस ८ गते पोखराबाट शुरू भई पुस २९ गते ललितपुरको जावलाखेल फुटबल मैदानमा आयोजना गरी सम्पन्न गरिएको थियो ।
‘एनसेल मेला २०७४ मा उत्साहजनक रुपमा सहभागी भई मेलालाई सफल बनाउनु भएकोमा हामी हाम्रा सबै ग्राहक तथा शुभचिन्तकहरु प्रति आभारी छौं,’ एनसेलका कर्पोरेट सर्भिसेज निर्देशक प्रणय आचार्यले भन्नुभयो– ‘जुन उत्सुकताका साथ मेलामा आगन्तुकले २१ शहर मा पुगिसकेको एनसेलको फोरजी सेवाको परीक्षण तथा अनुभव लिनुभयो यसले हामीलाई थप ऊर्जा दिएको छ । डिजिटल नेपालको भिजनमा योगदान पु¥याउ“दै अझ धेरै नेपालीलाई मोवाइल ब्रोडब्यान्डले ल्याउने अवसरस“ग जोड्न एनसेल प्रतिबद्ध छ ।’