नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
उक्त साधारणसभाले आर्थिक वर्ष २०७३÷७४ को मुनाफा रकममध्येबाट ५५ रुपैया“ प्रतिशेयरका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने र कम्पनीको नियमावली संशोधनलगायतका विभिन्न प्रस्ताव पारित गरेको छ ।
साधारणसभामा ९१ प्रतिशतभन्दा बढी शेयरधनीको उपस्थिति रहेको कम्पनीले जनाएको छ । उक्त सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७३÷७४ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण पनि पारित गरेको छ ।
यसैै गरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन २०६३ को प्रावधान अनुरुप आर्थिक वर्ष २०७४÷७५ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्ट सुवोधकुमार कर्ण र अच्युतराज जोशीलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजहरुको पारिश्रमिकसमेत पारित गरेको छ ।
साधारणसभाले सर्वसाधारण शेयरधनी मध्येबाट निर्वाचित हुने सञ्चालकको कार्यकाल ३ वर्ष वा नियुक्ति भएको मितिदेखि तीन वटा साधारणसभा बस्ने मितिमध्ये जुन पहिलो हुन्छ, सो मितिसम्म मात्र हुने व्यवस्था गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७३÷७४ मा खुद मुनाफा १५ अर्ब ३७ करोड कायम राख्न कम्पनी सफल भएको र गत आवको तुलनामा १७ दशमलव २३ प्रतिशतले ग्राहक संख्यामा वृद्धि भई १ करोड ७६ लाखभन्दा बढी ग्राहक महानुभावलाई नवीनतम् प्रविधिमा आधारित सस्तो तथा भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउन कम्पनी सफल भएको छ ।