हृदयाघातबाट बच्नका लागि धुमपान छोड्नुपर्छ

0

हृदयाघातको खतराबाट बच्नका लागि चुरोटको संख्या घटाउँदै लानु पर्ने बेलायतमा गरेको एक अध्ययनले पत्ता लगाएको छ ।
अनुसन्धानकर्ताहरुले दिनको एउटा मात्र चुरोट पिउने व्यक्तिलाई कहिल्यै चुरोट नखाउनेहरुको तुलनामा मुटुको रोग लाग्ने संभावना ५० प्रतिशत बढी र हृदयाघात हुने संभावना ३० प्रतिशतले बढी हुने पत्ता लगाएका छन् । तिनीहरुले यस्ता रोगका लागि धुमपानको सुरक्षित स्तर नै नभएको बताएका छन् ।
तर एक जना विशेषज्ञले भने चुरोटको संख्यामा कटौति गर्दै जाने कुनै व्यक्तिले चुरोट छोड्न सक्ने संभावना रहेको बताएका छन् । धुमपानबाट क्यान्सरै नभए पनि मुटुको अन्य रोगबाट मानिसको अकालमै ज्यान जाने संभावना ४८ प्रतिशतले बढी भएको बताइएको छ । वेलायतमा अहिले धेरै चुरोट पिउने वयस्कहरुको संख्या घट्दै गइरहेको छ ।
तर त्यसको अनुपातमा दिनको एक देखि पाँचवटा चुरोट पिउनेहरुको संख्या भने नाटकिय पाराले बढिहरेको अनुसन्धाकर्ताहरुले बताउँका छन् । ब्रिटिस मेडिकल जर्नलमा प्रकासित यस सम्बन्धी १ सय ४१ वटा अध्ययनको विश्लेषण प्रतिवेदनमा दिनको २० वटा चुरोट पिउने १ सय जना अधवैंशेहरु मध्ये सातजनालाई हृदयाघात वा मसितष्कघात हुने संभावना धेरै रहेको जनाइएको छ । (एजेन्सी)