चीनद्वारा पोेलार सिल्क रोड निर्माण गर्ने घोषणा

0

चिनियाँ सरकारले आफ्नो भावी योजना ‘पोलार सिल्क रोड‘को घोषणा गरेको छ । चीनो उक्त महत्वाकांक्षी योजना उत्तरी ध्रुव वरपर एक समुद्री मार्ग तयार गर्नु रहेको र त्यसवाट आर्टकटिक क्षेत्रमा ब्यापार गर्ने उद्देस्य राखेको छ ।
यो परियोजना चीनको सिल्क रोड र वन बेल्ट वन रोडको हिस्सा हो । राष्टपति सी जिनपिंगले सन् २०१३ मा उक्त योजनाको उल्लेख गरेका थिए । चीनले यो परियोजनामा सफलता हासिल गरेमा उत्तरी अमेरिका, पुर्वी एसिया र पश्चिम युरोपका तीन ठुला आर्थिक ध्रुवलाई जोड्न सफल हुने छ ।
जलवायु परिवर्तनले पनि चीनको यो योजनालाई साथ दिएको बताइएको छ । चीन जलवायु परिवर्तनका कारण अन्तरराष्ट्रिय ब्यापारलाई अझ सुगम बनाउन चाहन्छ । चीन सरकारले उक्त मार्ग अस्तित्वमा आएपछि मुख्य ब्यापारिक साझेदारीसँगको ब्यापारमा समय र लागतको बचत हुने जनाएको छ ।
शुक्रबार जारी गरिएको उक्त दस्तावेजको शिर्षक ‘आर्कटिकका लागि चीनको निति‘ राखिएको छ । उक्त दुर्गम सागरका लागि कुनै एसियाली देशले समुद्री मार्ग प्रशस्त गर्न पहिलो पटक आफनो योजना अगाडी सारेको हो । यो दुर्गम सागर भए पनि प्राकृतिक संसाधनका लागि भने धनी मानिन्छ ।
आर्कटिक महासागरमा चीनको कुनै सामुद्रिक तट छैन । यहाँ रुस, अमेरिका, क्यानाडा, आइसल्यान्ड, स्विडेन, नर्वे, फिनल्यान्ड र डेनमार्क जस्ता देशको उपस्थिति रहेका छन् । (एजेन्सी)