मेगा बैंक नेपालले दोस्रो त्रैमासिक अवधिमा नाफा बढाएको छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा दोस्रो त्रैमासिकमा मेगा बैंकले नाफा बढाएको हो । बैंकका अनुसार पहिलो त्रैमासिक अवधिमा ८ करोड ११ लाख मात्र खुद मुनाफा गरेकोमा पुस मसान्तसम्ममा ३९ करोड ३६ लाख रुपिया“ कमाएको छ ।
त्यस्तै दोस्रोे त्रैमासिक अवधिमा बैंकको निक्षेप ६ अर्ब १८ करोड रुपिया“ले वृद्धि भएको छ भने कुल कर्जा ५ अर्ब ४८ करोड रुपिया“ले बढेको छ । अघिल्लो त्रैमासिक अवधिमा यी दुवैमा बैंकको वृद्धि १ अर्ब भन्दा कम रहेको थियो । बैंकको निस्क्रिय कर्जा पनि घटेर १ प्रतिशत भन्दा कम रहेको छ । ६५ प्रतिशतको हकप्रद शेयर यसै त्रैमासिक अवधिमा बा“डफा“ड भएका कारण बैंकको चुक्ता पु“जीमा पनि उल्लेख्य वृद्धि भएको छ ।
जसले बैंकको प्रतिशेयर आम्दानी अनुपातलाई प्रतिकूल असर गरेता पनि खुद मुनाफामा भएको उल्लेख्य वृद्धिले अघिल्लो त्रैमासको ६ दशमलव ८८ प्रतिशतको तुलनामा यो त्रयमासमा प्रतिशेयर आम्दानी १० दशमलव ६४ प्रतिशत कायम भएको छ ।