एनएमबि बैंकले आव २०७४÷७५ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार एनएमबि बैंकले अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा भन्दा खुद मुनाफामा ४३ प्रतिशतभन्दा बढीले वृद्धि गरी १ अर्ब रुपिया“ कटाउन सफल भएको छ ।
त्यसै गरी बैंककोे आव २०७४÷७५ मा निक्षेप ८ दशमलव ६ अर्ब तथा कर्जा ६ दशमलव ६ अर्ब रुपिया“ले बढाएको छ । उच्च वित्तीय प्रगति प्रदर्शन गर्दै हाल बैंकको निक्षेप ८० दशमलव ५५ अब पुगेको छ भने कर्जा ७० दशमलव ९३ अर्ब पुगेको छ । यस अवधिमा बैंकले आफ्नो निश्कृय कर्जालाई १ दशमलव ६७ प्रतिशतबाट झारेर १ दशमलव २० प्रतिशतमा पु¥याएको छ ।