सानिमा बैंकको चार नयाँ शाखाहरु

0

सानिमा बैंक लिमिटेडले मापोखराको अमरसिंह, बगर र बिरौटाका साथै दाङ्गको तुलसीपुर गरी ४ वटा नयाँ शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा थप बिस्तार गरेको छ ।
पोखरा र दाङ्गको तुलसीपुरमा शाखा कार्यालयहरु सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्य्रान्ड प्रवद्र्धक कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र श्री हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा समुद्घाटन गर्नुभयो ।
समुद्घाटन समारोहमा सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताउनु भयो ।

त्यसै गरी सानिमा बैंकका अध्क्षयले बंैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै अमरसिंह, बगर, बिरौटा र तुलसीपुर शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समुद्घाटन समारोहमा मह जोडीले पोखरामा थप शाखा संचालनमा आएकोमा पोखरावासीलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सवल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गर्नु भयो ।

सानिमा बैंकको हाल ५१ शखा, १ एक्सटेन्सन काउन्टर र ६० ए.टि.म. रहेको छ ।