छिमेकी मुलुकसँग आजको आवश्यकता र नयाँ मान्यताका साथ सुमधुर सम्बन्ध राख्ने ः ओली

0

नेपाल चेम्बर अफ कमर्शको ६७औँ साधारणसभाबाट निर्र्वािचत कार्यसमितिलाई बधाई दिन आज पार्टी कार्यालय धुम्रबाराहीमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकसँग विगतको अभ्यास र मान्यतामा नभई आजको आवश्यकता र नयाँ मान्यताका साथ सुमधुर सम्बन्ध राख्ने बताएका छन् ।
अध्यक्ष ओलीले कुनै समयमा विश्वमा उपनिवेशको समय रहेको तर आजको विश्व सार्वभौम मुलुकको स्वाधिनताका आधारमा अघि बढिरहेकाले नेपालीले राष्ट्रको स्वाभिमानप्रति गौरव गर्नुपर्ने उल्लेख गरे ।
अध्यक्ष ओलीले भने, ‘सार्वजनिक स्वामित्वका उद्योगलाई कमिसनका नाममा बेचेर सखाप पारेर होइन निजी क्षेत्रसँग सहकार्य गरेर नयाँनयाँ उद्योग खोलेर बेरोजगारी र कुशासनको अन्त्य गरेर जनतालाई सेवा दिने गरी आगामी सरकारले काम गर्नेछ ।’
उनले कामचलाउ सरकारले संविधान विपरीत र बजेटमा नभएका कार्यक्रमबारे गरेका निर्णय सच्याउने पुनः दोहो¥याए । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले वाम गठबन्धनले बहुमतसहित निर्वाचन जितेर स्थायी सरकार बन्न लागेकामा उद्योगी व्यवसायीले सकारात्मक रुपमा लिएको बताए ।