ग्वार्कोमा यामाहाको शोरुम

0

नेपालका लागि यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ललितपुरको ग्वार्कोमा नया“ शोरुम शुरु गरेको छ ।
यामाहाको पुरानो तथा विश्वासिलो डिलर रिसिक अटोमोबाइल्सले एक्सचेन्ज र फाइनान्स सुविधासहितको सेल्स आउटलेट शुरु गरेको हो ।
नया“ शोरुमको उद््घाटन मिस नेपाल इन्टरनेसनल तथा यामाहा फेस अफ फेसिनो नीति शाहले गर्नुभएको हो ।
‘यामाहाले आफूलाई नेपालकै सबैभन्दा बढी विश्वासिलो मोटरसाइकल ब्रान्डका रुपमा स्थापित गरिसकेको छ । हामीस“ग फरक पृष्ठभूमिका राइडरहरुकालाई मिल्ने फरक–फरक प्रकारका मोडलहरु उपलब्ध छन््,’ उद््घाटन कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका एजीएम दीपक रौनियारले भन्नुभयो– ‘यामाहाका मोटरसाइकल र स्कुटरको लोकप्रिय तीव्र गतिमा बढिरहेकै कारणले हामीले ठाउ“मा नया“ डिलर र शोरुमको स्थापना गर्दै आएका छौं । यो नया“ सोरुमबाट पनि ग्राहकले गुणस्तरीय सेवा पाउने विश्वास हामी दिलाउन चाहन्छौं ।’
यामाहाले नेपाली बजारमा विभिन्न भेरियन्टका मोटरसाइकल र स्कुटर बिक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल छन्् भने मोटरसाइकलमा एफजेड–एस एफआई, आर १५, एसजीआरआर, सलुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन्् । यामाहाले केही महिनाअघि २५० सीसी क्षमता भएको एफजी २५ ‘द अल्टिमेट स्ट्रिट फाइटर’ सार्वजनिक गरेको थियो ।