१४ औं वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले नयाँ योजना ल्याएको छ । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकको लागि ब्यालेन्स सकिँदा सापटी दिन सुरु गरेको छ । टेलिकमले आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’ नाम दिएर यस्तो सुविधा ल्याएको हो ।
प्रिपेड कार्डबाहक ग्राहकले अब फोन गर्दा गर्दै पैसा सकिएमा पनि कुरालाई निरन्तरता दिन पाउने छन् । सोमबार टेलिकमले आयोजना गरेकाे वार्षिकोत्सव कार्यक्रममा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सेवाको सुरूअात गरे । यो योजनाको पूर्ण कार्यान्वयन आगामी एक महिनाभित्रबाट हुनेछ । सोमवार संस्थाले यसको सफ्ट लञ्ज गरेको हो । यो योजनामा कति रकमको सीमा राखिने भन्ने बिषय टुंगो लाग्न बाँकी छ ।
व्यक्तिगत समूहतर्फ नेपाल टेलिकमको पोस्ट पेड मोबाइल सेवामा सबैभन्दा बढी रकम खर्च गरेको भन्दै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गरेको छ।
सो अवसरमा टेलिकमले केन्द्रीय कार्यालय प्राङगण, भद्रकालीप्लाजामा वार्षिकोत्सव समारोह आयोजना गरेको हो ।