प्रदेश १ संसदीय दलमा शेरधन राई निर्वाचित भएको छ ।
नेकपा एमालेका जम्मा ५१ जनामध्ये शेरधन राईको पक्षमा २६ र भीम आचार्यको पक्षमा २४ मत खसेको थियो । १ मत बदर भएको थियो ।
प्रदेश १ को मुख्यमन्त्रीको दौडमा रहेका एमालेका सचिव एवं प्रदेश ईञ्चार्ज आचार्य पोलीटब्यूरो सदस्य तथा प्रदेशका सह–इन्चार्ज राईले मनोनयन दर्ता गराएका थिए ।
एमाले संसदीय दलको निर्वाचन समितिले आज बिहान ११ बजेदेखि ११ः३० बजे सम्म मनोनय दर्ताको समय राखेको थियो । संसदीय दलको नेताका लागि दिउँसो २ बजेबाट मतदान भएको थियो ।