कुमारी बैंक र बुम रेमिटले ‘कुमारी बुम सुपर स्टार नाइट्स’ हुने कतारमा

0

संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रा.लि. को आयोजनामा ‘कुमारी बैंक र बुम रेमिट’को प्रस्तुतीमा ‘कुमारी बुम सुपर स्टार नाइट्स’को आयोजना कतारमा गर्न लागेको छ ।
यही मार्च ९ तारिखमा कुमारी बुम सुपर स्टार नाइट्स हुन लागेको हो ।
देशका चर्चित गायक–गायिका, हाँस्य कलाकार र नायक–नायिकाको साथमा यो कार्यक्रम आयोजना हुँदैछ ।
‘कुमारी बुम सुपर स्टार नाइट्स’मा चर्चित हाँस्य कलाकार जीतु नेपाल, नायिकाहरु निरुता सिंह, अनु शाह, सारिका घिमिरे, गायकहरु अनिल सिंह, युवराज चौलागाईँ, सन्तोष राज, रितकुमार श्रेष्ठ, गायक तथा संगीतकार राजनराज सिवाकोटी, गायिकाहरु राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कँुवर, नृत्य निर्देशक तथा मोडल शंकर बीसी सहभागी हुने छ । यो कार्यक्रमको संचालन चर्चित कार्यक्रम संचालक नरेश भट्टराइले गर्ने छ ।
करिब ५ लाख नेपालीहरुको बसोबास रहँदै आएको कतारमा मार्च ९ मा ग्रान्ड मलमा कार्यक्रम आयोजना हुनेछ । करिब १ लाख ५० हजारको हाराहारीमा नेपालीहरु रहँदै आएका छन् ।
यो कार्यक्रमको आयोजनाले नेपाली गीत संगीत, हाँस्य ब्यङ्ग्यको विकास र प्रवद्र्धनमा ठूलो सहयोग र साथ मिल्ने आयोजकले अपेक्षा गरेका छन् । कुमारी बैंक र बुम रेमिटको मुख्य प्रायोजनमा हुने उक्त कार्यक्रममा नेपाल टेलिकम पार्वड बाई रहेको छ भने पर्यटन बोर्ड, एस आर स्टिल्स, नेपाल वायुसेवा निगम, अर्घाखॉची सिमेन्ट, अल जमान एक्सेञ्ज, रामदा एन्कोर होटल र कान्तिपुर मेडिकल सेन्टरको प्रायोजन रहेको छ ।
कुमारी बुमको ग्राहकहरुलाई एस आर स्टिल्सले स्टिल्स खरिदमा छुटको व्यवस्था दिएको छ भने कान्तिपुर मेडिकल सेन्टरले ५०% सम्मको छुटको व्यवस्था दिएको छ । उक्त कार्यक्रमको कतारमा दोहा वेभ्स र स्टार वल्डले समन्वय गरेको छ भने कार्यक्रमका संयोजक धिरेन्द्र पन्तले सो कार्यक्रम गर्नका लागि सम्पूर्ण तयारी भइसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कार्यक्रमको टिकट कतारमा रहेको सम्पूर्ण नेपाली रेष्टुरेन्टहरुमा पाईने जानकारी गराएको छ भने एन.आर.एन.ए कतारस‘ग समन्वय गरी नेपाली श्रमिकहरुका लागि सहयोगसमेत गरिने जानकारी विज्ञप्तिमा मार्फत उल्लेख गरिएको छ ।
कार्यक्रममा कतारको प्रतिष्ठित सामाजिक संस्था सन्ध्या ग्रुपको पनि सहकार्य रहेको छ भने कतारका सम्पूर्ण नेपाली सामाजिक संस्थाहरुस‘ग समेत समन्वय गरिने आयोजकले बताएको छ । कार्यक्रमको मिडिया संयोजक विजय सुवेदी ‘आवाज’ रहनुभएको छ । यो कार्यक्रमलाई भव्य र सव्य रुपमा आयोजना गर्नका लागि आयोजक टिममा धिरेन्द्र पन्त, प्रविना रावल पन्त, उमिद्ध श्रेष्ठ, मनोज केसी, नरेश भट्टराई, भविन तामाङ, रित कुमार श्रेष्ठ, जगेन्द्र गुप्ता, मोहमद ताहिर, सुदर्शन गौतम, खगराज खत्री रहेको छ ।