सानिमा बैंकद्वारा धुर्मुस सुन्तली फोउण्डेशनलाई आर्थिक सहयोग

0

सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत धुर्मुस सुन्तली फोउण्डेशनलाई रु. २१ लाख सहयोग गरेको छ ।
उक्त बस्ती निर्माणमा अपुग भएको खर्च, सानिमा बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत फाउण्डेशनलाई २१ लाखको सहयोग गरेको हो ।
एक कार्यक्रमका बीच बैंकका सन्चालक तुक प्रसाद पौडेलले सो रकमको चेक हस्तान्तरण गर्नुभयो । हस्तान्तरण समारोहमा धुर्मुस सुन्तली फाउण्डेशनको कार्यलाई स्रहाना गर्दै सानिमा बैंक पनि जोडिन पाउँदा खुसी लागोको बताउनुभयो ।
भूकम्पपीडित एवं मुसहर वस्ती निर्माण गरिसकेर पछिल्लो पटक सन्तपुरमा बाढी पीडितका लागि बस्ती (सन्तपुर एकीकृत नमुना बस्ती) निर्माण गरी उक्त बस्ती एक समारोहका बीच हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै सिताराम कट्टेलले उक्त बस्ती अनुमानित समय भन्दा चाँडै र अनुमानित लागत भन्दा कममै सकिएको बताउदै बैंकिङ्ग क्षेत्रबाट अहिलेसम्मको सबै भन्दा ठूलो धन राशी सहयोग गर्नु भएकोमा बैंकलाई धन्यबाद दिनु भयो । केही रकमको प्रतिबद्घता आइसकेको जानकारी दिदै उहांले यो रकम संगै सो बस्ती निर्माणमा अपुग रकम जुटेको कुरा बताउनुभयो ।
त्यसै गरी श्रीमती कुञ्जना घिमिरेले फोउण्डेशनलाई विश्वास गर्नु भएकोमा धन्यवाद दिदै यो सहयोग बैंकले गरेको सम्मानका रुपमा लिएको बताउनुभयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले सन्तपुर वस्ती परियोजना समय सीमा भित्र नै सम्पन्न गरी हस्तान्तरण गर्नुभएको सन्दर्भमा बैंंकले कुशल व्यवस्थापनका पाठ सिक्नुपर्ने बताउनुभयो साथै आफ्नो कलाकारीतामा मात्र सीमित नरही समाज सेवामा लागेकोमा सिताराम कट्टेलर श्रीमती कुञ्जना घिमिरेप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
सानिमा बंैकले सन् २०१२ देखिनै सामाजिक उत्तरदायित्व अन्तरगत शैक्षिक छात्रवृत्तिसहित अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । हाल सानिमा बैंकको सबै भन्दा न्यून निष्कृय कर्जा तथा नेपाल भरी ५८ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६७ ए.टि.एम. सञ्जाल रहेका छन् ।