सेन्चुरी बैंकको ५ ठाउमा नयां शाखा विस्तार

0

सेन्चुरी कमर्सियल ग्रामिण भेगका ५ स्थानमा नया“ शाखा खोलेको छ ।
बैंकले खोटाङको लामिडा“डा गाउ“पालिका, अर्घाखा“चीको भुमिकास्थान नगरपालिका, रुकुमको आठबिसकोट नगरपालिका, मोरङको ग्रामथान गाउ“पालिका तथा सर्लाहीको गोडैटा नगरपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
बैंकले देशको ग्रामीण भेगका जनता माझ बैंकिङ पहु“च पु¥याउने सरकार तथा नेपाल राष्ट्र बैंकको लक्ष्य बमोजिम नया“ शाखा विस्तार गरेको बैंकले जनाएको छ । ती शाखा कार्यालय बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले केन्द्रिय कार्यलयबाट शुभारम्भ गर्नुभएको हो ।
२०६७ फागुण २६ गते काठमाडौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट बैंकिङ कारोबार शुरु गरेको यस बैंकले हालसम्ममा ९४ वटा शाखाहरुबाट ग्राहकसमक्ष बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।