नेपाल सरकारका सह–सचिव तुलसीप्रसाद गौतमले कर्मचारी सञ्चय कोषको प्रशासकको पदभार ग्रहण गर्नुभएको छ ।
अर्थ मन्त्रालय (वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा) सोमबारको पत्रानुसार कर्मचारी सञ्चय कोष ऐन, २०१० को दफा ६ क तथा अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धि मापदण्ड, २०७३ बमोजिम ५ (पाँच) वर्षको लागि गौतम प्रशासकमा नियुक्त हुनु भएको हो ।
सह–सचिव गौतमलाई बैशाख ५ गते बसेको मन्त्रिपरिषदको बैठकले कोषको प्रशासक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
प्रशासक गौतमले आगामी एक महिनाभित्र नेपाल सरकार, अर्थमंत्रालयसंग आगामी ५ वर्षका लागि सम्पादन गर्नुपर्ने कामको मापनयोग्य लक्ष्य र सूचकहरु सहितको कार्य सम्पादन सम्झौता गर्नुपर्ने छ । उहा“ले नेपालको सार्वजनिक प्रशासनमा २७ वर्षदेखि नेपाल सरकारको विभिन्न जिम्मेवारीमा रही अनुभव प्राप्त गर्नु भएको छ ।
आफ्नो पद बहालीका क्रममा प्रशासक गौतमले कोषमा कार्यरत रहुञ्जेल सञ्चयकर्ताको उच्चतम हित र कोषको छवि उच्च राख्न तथा उच्च स्तरको सँस्थागत सुशासन कायम राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पदबहाली कार्यक्रममा कोषमा कार्यरत उच्च पदस्थ अधिकारी, कोषमा कार्यरत ट्रेड युनियनका पदाधिकारी लगायत अन्य कर्मचारीहरुले प्रशासक गौतमको सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।